निर्वाचन आयोगले भन्यो : उपनिर्वाचनमा बदर मत घट्यो

निर्वाचन आयोगले भन्यो : उपनिर्वाचनमा बदर मत घट्यो

१४ मंसिरमा भएको उपनिर्वाचनमा सरदर १.४ प्रतिशत मत बदर भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विगतको निर्वाचनको तुलनामा बदर मतको संख्या निकै कम रहेको बताए ।

आयोगको तथ्याङ्कअनुसार कास्की–२ मा ६ सय बदर भएको छ । ४५ हजार ५ सय ४६ मत खसेकोमध्ये ४४ हजार ९ सय ४६ मत सदर भएको आयोगले जनाएको छ । भक्तपुर–१ (क), बागलुङ–२ (ख) र दाङ–३ (२) मा भएको प्रदेश सभा सदस्यको उपनिर्वाचनमा १ हजार ६ सय ६७ मत बदर भएको छ । तीन प्रदेश क्षेत्रमा खसेको ९८ हजार ७ सय ३४ मतमध्ये ९७ हजार ६७ मतमात्रै सदर भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

धरान उपमहानगरपालिका प्रमुखको उपनिर्वाचनमा १ हजार १ सय ४१ मत बदर भएको छ । ५४ हजार ८ सय ४६ जनाले मतदान गरेकामध्ये २ दशमलव ०८ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ । अन्य स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षकालागि भएको उपनिर्वाचनमा दुई प्रतिशत मत बदर भएको छ । कुल खसेको १ लाख ५४ हजार ८ सय ३५ मतमध्ये २ हजार ७ सय ७० मत बदर भएको प्रवक्ता श्रेष्ठले बताए ।

‘मतदाता शिक्षा प्रभावकारी भयो भन्ने आयोगको बुझाई हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामीले खटाएका कर्मचारीको घरदैलो, पोष्टर, ब्रोसर र सन्चारमाध्यममार्फत् भएको प्रचार प्रसारले मतदाता शिक्षा प्रभावकारी बनेको हो ।’ आयोगले आगामी निर्वाचनहरुमा बदर मतलाई अझै न्युनिकरण गर्दै लैजाने उदेश्य लिएको उनले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार