शुक्रबार थप १३१३ जनामा कोरोना संक्रमण

शुक्रबार थप १३१३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ५५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १८ हजार २ सय ८९ जना छन् भने ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार