देउखुरीमा स्वदेशी हाईब्रीड मकैको बीउ उत्पादन शुरु

देउखुरीमा स्वदेशी हाईब्रीड मकैको बीउ उत्पादन शुरु

फाइल तस्वीर

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दाङले राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवन संगको सहकार्यमा स्वदेशी हाईब्रीड मकैको मूल बीउ उत्पादन शुरु भएको छ । मकै सुपरजोन क्षेत्रमा ३ हेक्टर क्षेत्रफलमा नेपाली हाइव्रिड (रामपुर हाइव्रिड १०) मकैको प्रजजन बीउबाट मूल बीउ (एफवन) उत्पादन कार्य शुरु भएको परियोजना कायान्वयन इकाई दाङकी कृषि अधिकृत कुसुम भुसालले जानकारी दिइएकी छिन। उनका अनुसार मकै बीउ उत्पादनका लागि यस क्षेत्र उपयूक्त भएकोले बीउ उत्पादन सुरु गरिएको हो ।

अहिले लगाएको मकैको बीउवाट बसन्ते सिजनमा यस क्षेत्रलाई आबश्यक पर्ने बीउ उत्पादन हुने र यसवाट भारतवाट आयातित बीउको केही हद सम्म भएपनि बिस्थापित हुने अधिकृत भुसालले जानकारी दिइन । यो संगै सुर्योदय बहुउद्येश्य कृषि सहकारी संस्थाले १२ हेक्टर क्षेत्रफलमा रामपुर कम्पोजिट जातको उन्नत बीउ उत्पादन शुरु गरेकाे छ । अहिले पानी परेकाेले केही असर गरेको भएपनि  बसन्ते सिजनमा बीउ उत्पादनलाई बढावा दिने भुसालले जानकारी दिइन ।

देउखुरी क्षेत्रमा आर्थिक वर्ष २०७३/०७४ देखि मकै सुपरजोन कार्यक्रम लागु भएपछि हिउँदे र बसन्ते मकै खेती गर्न किसान आकर्षित भएका छन । देउखुरीमा ६ हजार बढी हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । सुरुको वर्ष ९ सय ७१ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको थियो । पछि भने मकै खेती गर्ने कृषक तथा क्षेत्रफल बढेर गएको छ ।

यान्त्रिकीकरणमा जाेड

यस्तै परियोजनाले यान्त्रीकरणको माध्यमबाट किसानलाई मकै खेती गर्न प्रेरित गरेकाे छ । यसले गर्दा यान्त्रिकीकरणमा कृषकको आर्कषण बढ्दो छ । परियोजनाले आर्थिक वर्ष २०७६/०७७ सम्ममा मकै सुपरजोन क्षेत्रमा जम्मा २३ वटा कष्टम हायरिङ्ग सेन्टर स्थापना गरी संचालनमा ल्याएको छ । यसलाई ब्यबस्थित गर्न कृषि औद्योगिक क्षेत्र सुपरजोन मकै-संचालक समितिले भाडादर निर्धारण गरेको छ ।

यसवाट कृषकहरुले कम भाडादरमा कृषि यन्त्र प्रयोग गर्न पाउछन । यसले पनि कृषकलाई  मकै खेतीमा आकर्षण गर्न टेवा पुगेको छ । यस क्षेत्रमा परियोजना कार्यान्वयन इकाईको अनुदानमा २ वटा मकै जन्य दाना उद्योग तथा १ वटा मोवाईल ग्रेन ड्रायर उद्योग स्थापना भएको छ । यसले कृषकको उत्पादनको बजारीकरणमा समेत सुनिश्चित गरेको भुसालले जानकारी दिईन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार