रुकुम पश्चिम १४ चैत्र
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड -१९ को संक्रमण फैलिन नदिन रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर -१३ मा कोरोनाभाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।
वडा अध्यक्ष दिपक केसी लगायत अन्य वडा सदस्यहरुको पहलमा आफनो वडामा कोरोना भाइरस सम्बन्धी सचेनता कार्यक्रमहरु गरिएको वडा सदस्य खल बहादुर खड्काले बताउनु भयो । उहाँ अनुसार वडाका सबै घरमा पुगेर परिवार संख्या अनुसार मास्क र २ वटा हात धुने साबुन वितरण गरिएको र बाँकी टोलमा भोलि पनि बितरण गरिने भएको छ ।
यस्तै वडाबासीहरुलाई सरकारले लागु गरेको लकडाउनको पूर्णरुपमा पालन गर्नुका साथै व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ । वडाले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्यांक संकलन गरेरै कारोना भाइरसबाट हुने जोखिमबारे निगरानी बढाएको छ ।
विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई स्वास्थ्य परीक्षण गर्न र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको वडा अध्यक्ष केसीले बताउनु भयोे ।