चौरजहारी । केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले बलात्कारीको संरक्षण गरेको नेपाल बिद्यार्थी संघका महामन्त्री उर्मिला थपलियाले बताउनुभएको छ । नेपाली काँग्रेस रुकुम पश्चिमले चौरजहारीमा बिहिबार आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुदै महामन्त्री थपलियाले कम्न्यूनिष्टका नाममा जन्तालाई झुक्याउदै आएको आरोप लगाउनु भएकाे छ।
तत्कालिन जिल्ला विकास समिति रुकुमका सभापति एव नेपाली काँग्रेसका नेता हरिभक्त ओलीको २२ औँ स्मृति दिवसका अवसरमा चौरजहारीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्नुहुदै महामन्त्री थपलियाले दुई तिहाईको वर्तमान सरकारको हविगत देखेर जनताले काँग्रेस रोज्न ढिला नगर्न अनुरोध गर्नुभयो । साथै उहाँले माओवादीले रुकुममा र देशमा झुटको खेती गरिरहेको आरोप लगाउनु भएको छ ।



 
					
							 
			 
                             
                             
                             
                             
                            