डब्लुएचओको निष्कर्ष : कोरोनाभाइरस चीनबाट फैलिएको प्रमाण भेटिएन

डब्लुएचओको निष्कर्ष : कोरोनाभाइरस चीनबाट फैलिएको प्रमाण भेटिएन

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस चीनको प्रयोगशालाबाट नफैलिएको निष्कर्ष निकालेको छ । भाइरसको स्रोत पत्ता लगाउन चीन पुगेको डब्लुएचओको विज्ञ टोलीले मंगलबार वुहानमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

संगठनका खाद्य सुरक्षा तथा जनावर रोग सम्बन्धी विज्ञ पिटर बेन इम्बार्कले चीनमा भाइरसको स्रोत पत्ता नलागेको बताए । कुन जनावरबाट उक्त भाइरस मान्छेमा सर्‍यो भन्ने कुरा पनि पत्ता लगाउन नसकिएको उनले जनाए ।

डिसेम्बर २०१९ मा वुहानमा भाइरसको पहिलो संक्रमण पुष्टि भएको थियो । चीनले सुरुदेखि नै भाइरस वुहानबाट फैलिएको भन्ने पश्चिमा मुलुकको आरोपलाई खण्डन गर्दै आएको छ । वुहानको अध्ययनमा डब्लुएचओ र चिनियाँ स्वास्थ्य अधिकारीहरु संलग्न थिए ।

‘हाम्रो प्रारम्भिक अध्ययनको निष्कर्षअनुसार भाइरसको स्रोत पत्ता लगाउन अझै गहन खोजको जरुरी परेको देखियो’ इम्बारेकले भने, ‘तर, प्रयोगशालाबाट उक्त भाइरस मान्छेमा फैलियो भन्ने कुरा अहिलेको लागि काल्पनिक मात्र हो, प्रमाण भेटिएन ।’ उनका अनुसार चिनियाँ सामुन्द्रीक बजारमा बेच्न राखिएका फ्रोजन मासुबाट भाइरस फैलिएको हुनसक्ने तर यसबारे पुष्टि नभएको उनले जनाए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार