नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन शुरु

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन शुरु

लगातारको वर्षापछि पहिरो खसेर हिजो साँझदेखि अवरुद्ध नारायणगढ- मुग्लिन सडकमा आज विहानदेखि पहिरो पन्छाउन सुरु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार डोजर र जेसीबी प्रयोग गरी आज विहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ ।

बिहिबार साँझ भरतपुर महानगरपालिका २९ स्थित सेती दोभान र पाँचकिलोमा पहिरो खस्दा सवारी सन्चालनमा अवरोध भएको थियो । रातभर सवारीको लामो लाइन लागेको थियो ।

ट्राफिक प्रहरीले यो सडकखण्ड प्रयोग गर्नुअघि जानकारी लिएरमात्र निस्कन सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार