काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।
परीक्षा आवेदन फारम पुस २९ गतेसम्म भरिसक्नुपर्ने छ । तर, दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । समावेशीका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने छ ।
परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । पहलो चरणको परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।