चैत २९ बागलुङ
बागलुङ जिल्लामा शनिबार चट्याङले लागेर एक युवकको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको शनिबार दिउँसो साढे ४ बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।
चट्याङ लागेर गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङले लागेर उनीसँगै २० वर्षीय रेश्मी भट्ट घाइते भएकी छन् । रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ ।