एमसीसी सम्झाैता प्रतिनिधिसभाबाट बहुमतले पारित

एमसीसी सम्झाैता प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौँ ।  अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झाैता संघीय संसद्काे प्रतिनिधिसभाबाट बहुमतले परित भएकाे छ । प्रमुख प्रतिपक्षी दल एमालेबाहेक सत्तागठबन्धनका अधिका‌ंश सांसदले उक्त एमसीसी सम्झाैताकाे पक्षमा समर्थन जनाएपछि बहुमतले पारित भएकाे हाे ।

सभामुख अग्निप्रसाद सापकाेटाले समर्थन जनाउने सांसदकाे बहुमत रहेकाेले एमसीसी सम्झाैता बहुमतले पारित भएकाे घाेषणा गरे । त्यसअघि मन्त्रिपरिषद्ले  एमसीसीको व्याख्यात्मक पारित गरेकाे प्रस्तावसहित एमसीसी सम्झाैता सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका थिए ।

यसअघि आज बसेकाे प्रतिनिधिसभाकाे पहिलाे बैठकले एमसीसी प्रस्तावमाथिको सामान्य छलफल प्रस्ताव पारित गरेकाे थियाे । सत्तारुढ सांसदमध्ये धेरैले प्रस्तावको पक्षमा बोलेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदले भने नाराबाजी गरेपनि एमसीसी बहुमतले पारित भएकाे हाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार