वीरेन्द्रनगरमा भोलि बेलुकासम्म कर्फ्यू

वीरेन्द्रनगरमा भोलि बेलुकासम्म कर्फ्यू

सुर्खेत । एमसिसी पारित भएको विरोधमा आन्दोलन उग्र भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर बजारमा कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन्।

उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको रिजालले सेतोपाटीलाई जानकारी दिए।

‘प्रदर्शन बढेपछि र पार्टी कार्यालयहरूमै आगजनी हुन थालेपछि कर्फ्यू आदेश जारी गर्नुपरेको हो,’ उनले भने।

स्थिति नियन्त्रणमा लिन अहिले वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका ६ राजनीतिक दलले सोमबार बन्द आह्वान गरेका थिए। बन्द सकिएपछि केही समूहले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको रिजालले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार