निजामती कर्मचारी युनियनको सचिवमा भुपेन्द्र, सदस्यमा गोपाल र निर्मलाकाे उम्मेद्वारी

निजामती कर्मचारी युनियनको सचिवमा भुपेन्द्र, सदस्यमा गोपाल र निर्मलाकाे उम्मेद्वारी

मुसीकोट । नेपाल निजामति कर्मचारी युनियनको ८ औं महाधिवेशनमा रुकुमबाट ३ जनाले उम्मेद्वारी दिने घोषणा गरेका छन् । आज बाट सुरु भएको  नेपाल निजामती कर्मचारी युनियनको ८ औँ महाधिवेशनमा भुपेन्द्र अधिकारीले केन्द्रीय सचिव युवा पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

वर्तमान कार्यसमितिमा केन्द्रीय सदस्यसमेत रहनुभएका अधिकारी श्रम मन्त्रालयमा नायव सुब्बा पदमा कार्यरत हुुनुहुन्छ ।

२०६७ सालमा निजामती सेवामा प्रवेश गरेका मुसीकोट नगरपालिका–२ निवासी अधिकारी कर्मचारी वृतमा इमान्दार, निडर र देशभरि राम्रो सञ्जाल भएको कर्मचारीको रुपमा चिनिनुहुन्छ । उहाँले गोपाल पोखरेल नेतृत्वको टिमबाट उम्मेद्वारी दिएको जानकारी दिनुभयो ।

यस्तै खुला केन्द्रीय सदस्यतर्फ गोपाल शर्माले उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाल प्रेस युनियन रुकुमका पूर्व अध्यक्षसमेत रहनुभएका २०६८ सालदेखि निजामति सेवामा कार्यरत हुनुहुन्छ । मालपोत कार्यालय रुकुम पश्चिममा कार्यरत शर्माले कर्मचारी वृतमा आफ्नो छवि राम्रो भएकाले सबैले आफूलाई सहयोग गर्ने बताउनुभयो ।

यसैगरी युवा महिला केन्द्रीय सदस्यमा जिल्ला अदालत रुकुम पूर्वमा लेखापाल पदमा कार्यरत निर्मला शर्माले पनि उम्मेद्वारी घोषणा गर्नुभएको छ । पत्रकारिताबाट निजामति सेवामा प्रवेश गर्नुभएकी शर्मा इमान्दार कर्मचारीका रुपमा चिनिनुहुन्छ । उहाँ २०७५ सालदेखि निजामति सेवामा कार्यरत हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार