रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा कांग्रेस नेताहरु खटाइने

कांग्रेसको जिल्लास्तरीय कार्यसम्पादन समिति गठन

रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा कांग्रेस नेताहरु खटाइने

कांग्रेसको जिल्लास्तरीय कार्यसम्पादन समिति गठन

मुसीकोट । नेपाली कांग्रेस रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको बैठक विभिन्न निर्णय पारित गर्दै शुक्रबार सम्पन्न भएको हो ।

बैठकले बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न निर्णय गरेको सभापति प्रेमप्रकाश ओलीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा जिल्लास्तरका ७ जना नेताहरुलाई निर्वाचनको तयारीका लागि खटाउने निर्णय भएको छ ।

आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन ७ नेतासहित सबै भातृ संस्थाका प्रमुखहरुलाई ६ वटै स्थानीय तहमा परिचालन गरिने बैठकले निर्णय गरेको छ । सबै पालिकाहरुमा कार्यकर्ता भेटघाट, प्रशिक्षण, पार्टी तथा भातृ संस्थाका समितिहरु पुर्नगठन गर्ने गरी नेताहरुलाई खटाइनेछ ।

बैठकले फागुन २९ गतेदेखि मुसीकोटबाट ‘घरघर जाऔं, कांग्रेसलाई जिताऔं’ अभियान सुरु गर्ने निर्णय समेत गरेको छ । त्यस्तै पार्टी केन्द्रीय कार्यालयसँगको समन्वयमा सबै भातृ संस्थाहरु जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

कांग्रेसको जिल्लास्तरीय कार्यसम्पादन समिति गठन
नेपाली कांग्रेस रुकुम पश्चिमको तेस्रो पूर्ण बैठकले २५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । सभापति प्रेमप्रकाश ओलीको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरिएको हो ।

बिहीबारदेखि सुरु भएको बैठकले पार्टीको जिल्ला समितिको आकार ठूलो भएपछि दैनिक कार्यसम्पादनलाई व्यवस्थित र सहज बनाउन कार्यसम्पादन समिति गठन गरेको हो ।

शुक्रबार सम्पन्न बैठकमा सभापतिसहित पदाधिकारीहरुसहित बरिष्ठ नेताहरुलाई सहभागी रहेको पार्टी सभापति प्रेमप्रकाश ओलीले बताउनुभयो । उहाँका आगामी निर्वाचनको तयारीका लागि सबै भातृ संस्थाहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार