यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार महेश केसीलाई प्रदान

यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार महेश केसीलाई प्रदान

मुसीकाेट । रुकुम पश्चिमका पत्रकार महेश केसीलाई यस बर्षकाे यदु स्मृती पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको छ ।

शनिबार यदु स्मृति प्रतिष्ठानले चौरजहारीमा आयोजना गरेको २३ औ यदु स्मृति दिवस तथा २० औ यदु स्मृति पत्रकारिता पुरस्कार बितरण समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही र यदु स्मृति प्रतिष्ठान रुकुमका अध्यक्ष सुजाता गौतमले पत्रकार केसीलाई पुरस्कार सहित सम्मान गर्नुभएको हो ।

विगत २० बर्षदेखि प्रदान गर्दै आइरहेको उक्त पुरस्कार यदु स्मृति प्रतिष्ठानले हत्या, हिंसा र अराजकताविरूद्द शान्ति, सुशासन र अमनचयनकोपक्षमा कलम चलाउने पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।

कान्तिपुर टेलिभिजन र बुटवल टुडे दैनिकमा कार्यरत पत्रकार केसी विगत १४ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँयसअघि अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक, सौर्य दैनिक, समय संवाद साप्ताहिक, जन्तिधारा साप्ताहिक र रेडियो सानीभेरीमा कार्यरतहुनुहुन्थ्यो ।

तत्कालिन नेकपा एमाले रुकुम जिल्ला कमिटी सचिव यदु कुमार गौतमको २०५५ फागुन २१ गते रुकुम पश्चिमको गरायलामा हत्या गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार