नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुम पूर्वको अध्यक्षमा हरि बहादुर थापा

नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुम पूर्वको अध्यक्षमा हरि बहादुर थापा

रुकुमकोट । नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुम पूर्वको अध्यक्षमा हरि बहादुर थापा चयन हुनुभएको छ । शनिबार सिंस्ने गाउंपालिका ६ छिप्रिदहमा भएको दोस्रो जिल्ला अधिबेशनले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । थापाको अध्यक्षतामा २२ सदस्यीय नयां कार्य समिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा कुमार जंग मल्ल,महिला उपाध्यक्षमा सिता बुढा,सचिवमा बेगम केसी चयन हुनुभएको छ । त्यस्तै सह सचिव बिपना केसी, कोषाध्यक्ष बिकास हमाल रहनुभएको छ ।

अधिवेशनबाट ३ जना केन्द्रिय प्रतिनिधि पनि छनौट गरिएको छ । जसमा घनश्याम दाहाल, मदन कुमार गौतम र स्ववर्णा पौडेल रहनुभएको छ ।

नवविर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका  पूर्व अध्यक्ष पञ्च बहादुर केसी र दामोदर पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका निवर्तमान अध्यक्ष घनश्याम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य संगम केसीको प्रमुख तथा र नेकपा एमालेका पोलिटब्युरो सदस्य खेममान खड्काको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका  पूर्व अध्यक्ष दामोदर पौड्ल,पञ्च बहादुर केसी,नेपाल शिक्षक महासंघका अध्यक्ष कलु खड्का लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन संगठनका केन्द्रिय प्रतिनिधि मदन कुमार गौतमले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार