‘पूर्ण – शान्त शहिद स्मृति भवन’को उद्घाटन

‘पूर्ण – शान्त शहिद स्मृति भवन’को उद्घाटन

मुसीकोट । रुकुम पश्चिमको चौरजहारीमा निमार्ण भएको शहिद स्मृति भवनको उद्घाटन गरिएको छ । शनिबार जनयुद्धको क्रममा सहादत प्राप्त शहिदहरुको सम्झनामा निर्मित पूर्ण  शान्त शहिद स्मृति भवनुको उद्घाटन गरिएको हो ।

कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले नवनिर्मित शहिद स्मृति भवनको उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन समारोहमा बोल्नुहूदै पूर्व मन्त्री शर्माले जनयुद्धको क्रममा बलिदान गर्ने महान् शहिदहरुको उच्च सम्मान तथा सम्झना स्वरुप पूर्ण  शान्त शहिद स्मृति भवन निर्माण गरिएको बताउनुभयो । उहाँले स्थानीय सरकार शहिदले देखाएको बाटोमा हिडिरहेको र जनताका तमाम् आवश्यकता र मागलाई सम्बोधन गर्न तत्पर रहेको समेत उल्लेख गर्नुभयो ।

यस्तै सहिद परिवारलाई पनि सम्मान गरिएको छ । नगरपालिकाका १४ वटै वडाका ४९ सहिद परिवारलाई काँसको थाली, र दोसल्लाले सम्मान गरेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक बर्ष २०७८/०७९ को २ लाख बजेटबाट सहिद परिवारलाई सम्मान गरिएको हो ।

भवन उद्घाटन कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्मा, उपप्रमुख राधा रोका लगायतका अतिथि तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार