निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा शर्मा निर्वाचित

निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा शर्मा निर्वाचित

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा निर्मला शर्मा निर्बिरोध निर्वाचित हुनुभएको छ । शनिबारदेखि जारी युनियनको आँठौ महाधिवेशनमा युवा महिला केन्द्रीय सदस्यमा शर्मा निर्बिरोध निर्बाचित हुनुभएको हो ।

जिल्ला अदालत रुकुम पूर्वमा कार्यरत शर्माको बिपक्षमा कुनै पनि उमेद्वार नपरेका कारण निर्वाचित हुनुभएको बताइएको छ । पत्रकारिताबाट २०७५ सालमा निजामति सेवामा प्रवेश गर्नुभएकी शर्माले निजामती कर्मचारी युनियनका प्रतिनिधि तथा पूर्वपदाधिकारीको सहयोगलाई धन्यवाद दिनुभएको छ ।

उहाँले इमान्दार कर्मचारीका रुपमा काम गर्दै निजामती कर्मचारीहरुको हक हित र संरक्षणमा आवाज उठाउने प्रतिबद्धता गर्नुभएको छ । निजामती क्षेत्रमा देखिएका बिकृति र समस्यालाई समाधानका लागि युनियनका पदाधिकारीलाई सहयोग गर्ने शर्माले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार