बस दुर्घटना: १४ जनाको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

बस दुर्घटना: १४ जनाको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतक मध्य अहिलेसम्म १० जनाको सनाखत भएको छ ।’

मृत्यु हुनेमा सवारी धनी तथा चालक तेह्रथुमको औँशीडाँडाका अन्दाजी ३०-३५ वर्षीय विपिन निरौला, मादी–६ का सहचालक ३०/३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी-६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी,अन्जना कटवाल,  वर्ष ५ की दिक्षा कट्वाल, र मादी ४ का ३८ वर्षीय आइतबहादुर तामाङ छन्।

यस्तै घाइते हुनेमा मादी ५ का ३० वर्षिय सुबास गोले र ३० वर्षिय युका पोखरेल,  मादी ६ की २२ वर्षिय तुलसा कट्वाल, अम्बिका बिक र डम्बरबहादुर कार्की छन्।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

बस दुर्घटनामा परेर घाइते भएका पाँचै जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अस्पताल लगिएको छ।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार