गणतन्त्र स्थापना पछि स्थानीय तहको दोस्रो निर्वाचन हाम्रा विचमा नजिकिदै गएको छ ।सवैको ध्यान वैशाख ३० तर्फ स्पातिलो भएर सोझिदै छ । सवै दल र दलका नेताहरु अनि सम्भावित उम्मेदवारहरु विभिन्न शैलीमा जनतासंग नजिकिन खोज्दै छन् । कसरी कुन रणनीति वनाएर जनताको विचमा जाने ?
जनताको मन कसरी जित्न सकिन्छ ? जनतालाइ के भनेर आफुतिर तान्न सकिन्छ ? यी तीन प्रश्नहरु सवै दल र नेताहरुको दिलदिमागमा वेसरी घुमिरहेको छन् । चुनावको नजिकै दलका नेता कार्यकर्ताहरु अस्वभाविक रुपले सल्वाइरहेका छन् । चुनावको कुराले जनता खासै उत्साहि देखिदैनन् । यो कसैका लागि चुनौति होला, कसैका लागि समस्या होला तर युवा नेतृत्वका लागि अवसर हुन सक्छ ।
चुनाव आउछ जान्छ त्यो ठुलो कुरा होइन तर चुनाव मार्फत हामीले स्थापित गर्ने नेतृत्व र त्यसपछि लागु हुने शासनशैली मुख्य कुरा हो ।हामीले निर्माण गरेको नेतृत्व र शासनशैलीले जनताका निरासाहरु घटाउदैछ या वढाउदैछ ? यहि सवाल लोकतन्त्रको सवै भन्दा ठुलो चिन्ता र चासोकोे विषय यहि हो र हुनु पनि पर्छ ।
आगामी चुनावको नतिजा कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने ध्यान, चिन्ता र चासो सवै दल र तिनका नेता कार्यकर्ताहरुमा वढ्दै गएको छ । विगतको स्थानीय तह र अन्य चुनावहरुको आन्तरिक तथा वाह्य समीक्षा गर्दै आगामी चुनावको रणनीति निर्माणको वहस पनि पार्टी र नेताहरु भित्र सघन हुन थालेको छ ।
गएको स्थानीय तह, संघ र प्रदेशको चुनावमा आफुले प्राप्त गरेको जीत र हारलाइ अव दलहरुले जनताको अघि कसरी समीक्षा गर्छन् हेर्न वाँकी छ । आउने निर्वाचनमा कुन पार्टी कस्तो पोजिसनमा आउछ ? यो प्रश्न आम पार्टीका नेता कार्यकर्ताहरु र जनताको दिमागमा घुमिरहेको छ । विगतमा चुनाव हारेको या जितेको सत्य र अवको चुनाव जित्नै पर्ने वाध्यता पार्टीहरुको अघि वलियो रुपमा उभिएको छ ।
विगतमा चुनाव हार्दाको पिडावोध र जितिसकेपछिको अकर्मण्यतालाइ पार्टीका नेता कार्यकर्ताहरुले आउने चुनावमा कसरी सल्टाउछन् ? अनि पार्टीका उम्मेदवारहरु जनताको विचमा कसरी जान्छन् ? हेर्न वाँकी छ ।
पार्टी र नेताहरु चुनावमा पुरानै पाराले जान्छन कि खास एजेन्डाका साथ जान्छन् ? यो प्रश्न जनताका विचमा छलफलफलको विषय वनिरहेको छ । सवै जसो पार्टीका स्थानीय देखि जिल्ला हुदै केन्द्रिय नेतृत्व सम्म युवाहरुको वर्चस्व देखिएको छ । युवा नेतृत्वले विग्रिएको र भत्किदै गएको वाटो फेर्न सक्छ कि सक्दैन ? यी दुइ प्रश्नको जवाफ आउने चुनावमा देख्न पाइने छ ।
राजनीति र चुनावी गतिविधिहरुमा थुप्रिदै गएको विसंगति र विकृतिका कारण जनतामा पनि धेरै निरासा, आक्रोस, पिडा र दोधारहरु छन् । गएको चुनाव हारेका र जितेका दुवै खाले दल र नेताहरुका कारण जनतामा निरासा र असन्तुष्टिको मात्रा व्यापक छ ।
चुनावलाइ जनताहरुले सकरात्मक भन्दा नकरात्मक रुपमा वुझिरहेको अवस्था छ । चुनाव भनेको नेताहरुले पैसा वाँड्ने, झुटा कुरा गर्ने अनि पुरा नहुने आस्वासन वाँड्ने समय हो भन्ने नकरात्मक सोच र वुझाइ आम जनतामा व्यापक छ । यसलाइ चिर्नै पर्ने वाध्यता युवा नेतृत्वका माझ छ ।
चुनाव लड्ने भनेका हुनेखाने व्यक्ति हुन्छन् , हुनेखानेले मात्र चुनावमा होमिन सक्छन् , चुनावमा टिकट पाउने र जित्ने पनि जनताका प्रिय भन्दा ठुला नेताका नजिकका व्यक्ति नै हुन भन्ने भ्रम जनतामा व्यापक छ । चुनावमा टिकट पाउनु र जित्नु ठुलो जागिर या धनपैसा कमाउने अवसर प्राप्त गर्नु हो भन्ने धारणा पनि जनतामा छ ।
विकास र समृद्धिको योजना, दृरदृष्टि र जनमैत्री एजेन्डा लिएर जनताको विचमा जाने भन्दा पनि थैलाभरि पैसा वोक्न सक्ने र नेताको प्रिय हुन सक्नेले नै चुनाव जित्न सक्छन् उनीहरु मात्र नेता हुन सक्छन् माथिल्लो नेतृत्वले पनि उनीहरुलाइ नै विस्वास गर्छ,पार्टीमा लगानी नभएपनि, जनताको विस्वास नभएपनि नेताको प्यारो भएपछि अवसर पाइहालिन्छ भन्ने आम जनधारणा पनि वलियो छ । यसका विरुद्ध पनि युवा नेतृत्व जानै पर्ने देखिन्छ ।
जनताका विचमा धेरै निरासाहरु, भ्रमहरु व्याप्त भएको वेला पार्टी र उम्मेदवारहरुले त्यस्ता निरासा र भ्रमहरु चिर्न के गर्ने? जनताको विस्वास जित्न के गर्ने ? पिडामा मलम कसरी लगाउने ?जनता माथिको भ्रम कसरी हटाउने ? लगाएतका प्रश्नहरुको उत्तरहरु नै अवको चुनावका मुख्य एजेन्डाहरु वन्छन् कि वन्दैनन् ? हेर्न वाँकी नै छ ।
हामीले जसलाइ भोट हालेपनि हाम्रा लागि न्याय, रोजगारी, समृद्धि र सुशासन सम्भव छैन भन्ने जनअनुभुति छ । हाम्रै घर वरिपरि, टोल वस्तीभरि गाउँभरि हामीले देखि रहेका र भोगिरहेका जीवन निर्वाह सम्वन्धी तमाम समस्याहरु छन् । खास गरि युवा पुस्ता र विपन्न नागरिकहरुमा वढ्दै गएको निरासा एउटा पार्टी र नेताको मात्र नभइ समग्र व्यवस्थाकै चुनौति वनेको छ ।
अझै प्रष्ट रुपमा भन्नु पर्दा वुढो उमेरमा पनि विच सडकमा वसेर रुदै रुदै ढुंगामाटोको मज्दुरी गर्न वाध्य जेष्ठ नागरिकहरुको सुरक्षाको जिम्मेवारी कसरी लिने ? विपन्न जनता र गाउँमा रोजगारी नपाएर कलकउादो उमेर विदेशी भुमिमा जवरजस्त धकेल्दै गरेका युवाहरुलाइ आफनै माटोमा रोक्न के गर्ने ?
गरिवीका कारण आफनो गन्तव्य भेटाउने वाटोमा हिड्न नसक्ने विद्यार्थीहरुका लागि कसरी शिक्षाको अवसर सिर्जना गर्ने? गरिवीका कारण विभिन्न भयानक रोगहरुपनि शरिरमा लुकाउन वाध्य भएका जनताहरुको उपचारका लागि कसरी सहयोग गर्ने प्रणाली तय गर्ने ? पढाइ सकेर हातमा प्रमाणपत्र डुलाउदै जागिर खोज्ने हजारौं वेरोजगार युवाहरुलाइ कसरी आसावादी वनाउने ?
धन र पहुचको अभावमा रोजगारी र जीवन निर्वाहको अवसर पाउन नसकेकाहरुको लागि सम्भावनाहरु कसरी पहिल्याउने ? दिनदिनै नांगा वन्दै गएका डाडाहरु र वाँझो वन्दै गएका खेतवारीहरुमा उत्पादनको लहराउदो हरियाली कसरी फर्काउने ?गाउँमै भएको मानव पुजी र साधनलाइ सदुपयोग गर्न वैज्ञानिक उपायाहरु कसरी स्थापना गर्ने ? आँखै अघि निहत्था छोराछोरीको हत्या हुदा पनि न्याय नपाउने जनताको आँसु कसरी पुछ्ने?
स्थानीय व्यापार व्यावसायका लागि नयाँ नयाँ अवसरहरु कसरी सिर्जना गर्ने ? हरेक हिसावले परनिर्भर हुदै गएका जनताका सोचविचारहरुलाइ कसरी आत्मनिर्भर वनाउने ?हाम्रो व्यवस्था, शासन प्रणाली प्रति जनताको विस्वास कसरी वलियो वनाउने ? भविस्यका पुस्ताको तर्फवाट स्यावासी पाउने गरि दिगो विकासका कसरी आरम्भव गर्ने ? लगाएतका सवालहरुलाइ अव हामीले सत्य र यथार्थ रुपमा सम्वोधन गर्ने गरि एजेन्डा तय गर्न सक्ने कि नसक्ने ? त्यसका लागि नेतृत्व तयार अथवा सक्षम छ कि छैन ? जनताका विचमा फेरि पनि उद्यारोमा प्रतिवद्धता गरेर फर्कने कि नगदी प्रतिवद्धताका लागि हिम्मत गर्ने ? यो आम चासो र चिन्ताको विषय हो ।
सस्तो लोकप्रियताको नाउमा जे पनि भन्दिने, जे पनि गरिदिने काम अव वन्द हुन्छ कि हुदैन ? जनताले हेरिरहेका छन् । एक दिन सवैलाइ मासुभात खुवाउदैमा , दुइचार पैसा गोजीमा थमाउदैमा या केहि दिन निहित स्वार्थ राखेर आर्थिक लाभ लिने दिने गर्दैमा हाम्रो अभिष्टको नेतृत्व र सरकार वन्न सक्दैन ।
राजनीति र चुनाव प्रति जनताको गलत अनुभुति र वुझाइ वदल्ने जिम्मेवारी फेरि नेतृत्व र कार्यकर्ताहरुमा आउदैछ । अवसरवादी कार्यकर्ताहरु,केहि हुनेखानेहरु, सत्ता र शक्तिको वरीपरी घुमिरहन पाएकाहरु भन्दा तल्लो तहका जनताले विभिन्न रुपमा पोखिरहेका असन्तुष्टिहरु, नेतृत्वले सिर्जना गरेका विकृतिहरु, सुशासन र समृद्धिका नाममा लिएका अदुरदृष्टिहरुको पहिचान गरेर नयाँ ढंगले चुनावी एजेन्डा तय गर्दै जनतासम्म जान नसके हाम्रा कारण विगतकै विकृत सँस्कारको पुनरावृत्ति हुने मात्र होइन युवा पुस्ता र समग्र लोकतान्त्रिक व्यवस्थाप्रति नै जनताको भरोसा सुन्यतातिर जाने खतरा छ ।
विगतका चुनाव, दलीय गतिविधि र नेताहरुको व्यवहारलाइ यदि युवा नेतृत्वले वदल्न सकेन भने या अव चुनावी एजेन्डा निर्माण र कार्यान्वयनमा अस्वभाविक ढंगले छलांग मार्न सकिएन भने युवा नेतृत्व माथि पनि कहिलै मेट्न नसकिने दाग लाग्ने छ । जो दाग वर्षाैं वर्ष सम्म पनि पखाल्न सकिने छैन । जसका कारण भावी पुस्ताले कहिलै माफ गर्न नसक्ने गरि सराप्ने छन्।
विकास न्यायपुर्ण वन्न नसक्नु, गरिवी निवारणको अभियान असफल हुनु, रोजगारी सृजना गफमा मात्रै सिमित हुनु, विभिन्न अपराधहरुमा पिडित जनताले न्याय पाउने सम्भावना स्खलित भइरहनु, भ्रष्टाचार नियन्त्रण तथा सुशासनको अनुभुति दिलाउने काममा नेतृत्व चुकिरहनु अहिलेको युवा नेतृत्वका सामु देखिएका मुख्य अवसर र चुनौतिहरु हुन् । अव यी मुद्धा र सवालहरुवारे आफुलाइ जनताको अदालतमा भव्य रुपले जचाउनका लागि युवा नेतृत्वका माझ एउटा सुनौलो अवसर आएको छ ।
अवको चुनावमा पनि पुरानै शैलीमा आस्वासन र भ्रम वाँड्नु यथास्थितिवादी सोच मात्र होइन जनताको आसा र परिवर्तनकारी सोच माथि निरन्तरको वर्वर आक्रमण हो । यसर्थ यो अवस्थामा जनताको घरघरमा कसरी जाने ? जनतासंग के भनेर भोट माग्ने ? चुनाव र नेतृत्वको आवस्यकता जनतालाइ किन छ ? लगाएतका प्रश्नहरुको तर्कपुर्ण र न्यायसंगत जवाफ नै अवको चुनावी एजेन्डा हुनु पर्छ । अव जनताको विचमा गएर पार्टीको इतिहास र विगतका कथा भट्टयाएर उनीहरुको निरासाको पहाड घटाउन सकिदैन भन्ने कुरा युवा नेतृत्वहरुले वुझनै पर्छ । हिजोका पुस्ताले यो गरे त्यो गरे भन्ने भन्दा पनि अव हामी के गर्छाै भन्ने कुरालाइ मुख्य रुपमा लिन युवा नेतृत्वले हिम्मत गर्नैपर्छ ।
अघिको पुस्तालाइ दोष लगाएर जनताको निरासा र विकृतिको कारण भन्ने मात्र होइन परिवर्तन र समृद्धिको लागि अग्रगामी मार्गचित्र निर्माण गर्दै यसलाइ सफल रुपले कार्यान्वयन गर्ने दायित्व युवाको काधमा आएको छ । जनताको विचमा आफनो इतिहास भट्टयाउदै विपक्षीलाइ गाली गर्ने भन्दा पनि आफुले कोरेको समृद्धिको मार्गचित्र र जनताको निरासा घटाउने उपायाहरु लिएर गए मात्र अहिले सम्म विग्रिएको सवै अवस्थाको दोष लिन्न भन्न पाइन्छ नत्र पाइदैन ।
जनताको संविधान निर्माण भयो तर जन आन्दोलन सफल भएन, राजतन्त्र ढल्यो तर भ्रष्टाचार र कुशासनको पहाड ढलेन, पार्टी र नेताहरुको लागि सत्ता फलाउने रुख रोपियो तर लाखौं युवाहरुको पसिना र उर्जा रोप्ने खेतवारी वनाइएन । त्यसैले अव युवा नेतृत्वले टोल, वस्ती गाउँ र देशको समृद्धिको लागि कोर्ने मार्गचित्र कस्तो हो ? वहुलवादमा आधारित लोकतान्त्रिक समाजवादको असली वाटो कस्तो हो ?
एउटा भोको नागरिक, रोगी नागरिक, वेरोजगारी युवा, वच्चा जन्माउदै गरेकी एउटी आमा अनि पढ्न नपाएको सानो वालक या वालिका प्रति नेतृत्वको दायित्व के हो ?त्यसको विस्वस्त जवाफ निर्माण गरेर जनताका विच युवा नेतृत्व जानु पर्छ । विगतका सवै विकृित, वेइमानी र अपारदर्शि सँस्कारका विरुद्ध व्यवहारिक रुपमै आक्रामक भएर जान सके मात्र युवा नेतृत्वका प्रति आम आसा र भरोसा सार्थक हुन सक्छ ।
लेखक केसी नेपाली काँग्रेसको तर्फवाट भेरी नगरपालिका जाजरकोटको मेयरका आकांक्षी हुनुहुन्छ ।