दुई वर्षभित्र कर्णालीका सबैको घरमा बिजुली

दुई वर्षभित्र कर्णालीका सबैको घरमा बिजुली

नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत पुर्‍याउने भएको छ।

प्राधिकरणले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्रमा विद्युतको पहुँच पुर्‍याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको हो।

कर्णाली प्रदेशका १० जिल्ला रहेका छन्। कर्णाली प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन्। त्यसमध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत पुगेको छ।

प्राधिकरणका अनुसार  ३ नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म विद्युत पुगेको छैन।

नगरपालिका र गाउँपालिकामा गरेर जम्मा ७१८ वडा छन्। जसमध्ये ३९३ वडामा विद्युत पुगेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशका जिल्लाहरूमा विद्युतीकरणमा केही ढिलाइ भएको बताएका छन्। दुई वर्षभित्रमा सबैको घरधुरीमा विद्युत पुर्‍याउने गरी काम भइरहेको घिसिङले बताएका छन्।

घिसिङले राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन पुर्‍याउने बताए। ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत् सौर्य, लघु जलविद्युत (माइक्रो हाइड्रो) लगायतमार्फत् विद्युतीकरण गरिने बताए।

प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रूकुम पश्चिम, जाजरकोट, कालिकोट र जुल्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र हुम्ला, मुगु र डोल्पामा लघु जलविद्युत् मार्फत् विद्युत् आपूर्ति गरिरहेको छ।

कर्णाली प्रदेशका जिल्लाहरुमा विद्युत आपूर्तिका लागि ११ वटा ३३/११ केभी वितरण सबस्टेसनहरु निर्माणको विभिन्न चरणमा छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार