एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

स्थानीय तहको निर्वाचनको लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीको लागि भर्ना खोलेको छ। मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍े भर्ना खुलाएको हो ।

चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् ।

कार्यालय खुला भएको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने छ ।

१८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्नेछन् ।

चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा गत साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्णले पनि भर्ना हुन प्राथमिकता पाउनेछन् । उनीहरुले प्रवेश पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

तीनवटै सुरक्षा निकायका अवकाश प्राप्त कर्मचारी, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरेर अवकाश पाएकाहरुले म्यादी भर्नामा प्राथमिकता पाउने छन् ।

सूचना :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार