चौरजहारीमा काँग्रेसको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत

चौरजहारीमा काँग्रेसको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत

मुसीकोट । नेपाली काँग्रेस रुकुम पश्चिमले अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’  अभियान अन्तर्गत मंगलबार चौरजहारीमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय प्रतिनिधि बालकृष्ण पाण्डेले एमसिसिको विषयमा जन्तालाई स्पष्ट पार्ने जनताको घर घर सम्म काँग्रेस पुग्न आग्रह गर्नुभएको छ । एमसिसि नेपाली जनताको आर्थिक सम्बृद्धि र विकासका लागी भएको बताउनुभयो । उहाँले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेस उम्मेदवारलाई अत्याधिक मतका साथ बिजय गराउन सबै कार्यकर्ताहरु चुनाबी अभियानमा लाग्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बोल्ने अधिकाश बक्ताहरुले काँग्रेस कार्यकर्ता सक्रिय भएर लागे स्थानिय तहको निर्वाचनमा पार्टिले सफलता पाउने बताएका छन । उनीहरुले कसैको हस्तक्षेप, डर धम्कीबाट नडराउन आग्रह गर्दै जनताको हरेक समस्या संग जोडिन आग्रह गरेका छन ।

कार्यक्रममा सहभागि अगुवा कार्यकर्ताहरुले पार्टीले पक्षपात नगरी जनप्रीय व्यक्तिलाई आगामी स्थानीय तहको चुनावमा टिकट दिनुपर्ने र अरु नेता कार्यकर्ताहरुलाई गुटबन्दीमा नलागी व्यक्तिगत स्वार्थ छोडेर काङ्ग्रेस जिताउ अभियानमा लाग्न आग्रह गरेका छन ।

कार्यक्रममा पूर्व उद्योग राज्य मन्त्री गोपाल जि जङ्ग शाह, नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, जिल्ला सभापति प्रेम प्रकाश ओली, नेपाली काङ्ग्रेस कर्णाली प्रदेशका सदस्यहरु सीता ओली, बलबिर गोसाई, महाधिवेशन प्रतिनिधि मनमोहन शाह, जिल्ला पार्टी सचिब परमेश्वर भण्डारी, पार्टीका क्षेत्रीय सभापति भद्र बहादुर बिष्ट, नगरसभापति प्रेमबहादुर ओली, प्रदेश प्रतिनिधि जितेन्द्र बुढाथोकी, तरुण दल चौरजहारीका अध्यक्ष यदु कुमार आचार्य, विद्यार्थी नेता बसन्त चन्द लगायतको आथित्यता रहेको थियो ।

यस्तै कार्यक्रममा पार्टिका १४ वटै वडा सभापति र नगरकार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार