रुकुम पश्चिममा ई-पासपोर्ट सेवा सुरु

रुकुम पश्चिममा ई-पासपोर्ट सेवा सुरु

मुसीकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लाबाटै ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी बनाउन सुरु गरेको छ । सर्वसाधरणलाई सहज र छिटोका लागि जिल्लाबाटै उक्त सेवाको सुरुवात गरिएको हो ।

विद्युतीय राहदानीका लागि अहिले फारम संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । उहाँका अनुसार आईतबार देखि उक्त सेवा सुरु गरिएको हो । अहिलेसम्म १२ जनाको आवेदन सङकलन गरिएको छ ।

राहदानीको लागि काठमाडौ जानुपर्ने बाध्यतालाई हल गर्न ई-पासपोर्टको अवधारणा ल्याइएको हो, प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो यो व्यवस्थाले राहदानी बनाउनेहरुको समय र पैसाको बचत हुनेछ ।

आवेदन पेश भएको करिब १५ भित्र राहदानी पाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

विद्युतीय राहदानीका लागि ‘जिल्ला प्रशासन कार्यालयबाट अनलाईन फर्म भर्ने र कागजातहरु सिष्टममा अपलोड गर्नुपर्ने हुन्छ । अपलोड गर्ने कागजातहरु ४०० किलो वाईटभन्दा कम साईजको हुनुपर्ने भएकाले र राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेकाले मात्र ई-पासपोर्ट बनाउन सक्नेछन ।

विद्युतीय राहदानी दर्ताका लागि सेवाग्राही आफैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्षपछि     ई–पासपोर्ट प्रयोगमा ल्याएको थियो ।

विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुन्छ । एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार