कर्णाली प्रदेश अस्पताल परिसरमा देखिएको एउटा दृश्य !

कर्णाली प्रदेश अस्पताल परिसरमा देखिएको एउटा दृश्य !

सुर्खेतको कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल परिसरको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । तस्वीरमा एउटा कुकुरले टाउकोविनाको बच्चाको शव च्यापेर अस्पताल परिसरमा हिँडिरहेको छ, जसलाई सबैले दारुण तथा हृदय विदारक दृश्य भनेका छन् ।

कुकुरले च्यापेको मृत बच्चा कसको हो ? कुकुरले कहाँबाट ल्यायो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी यही तस्वीरको वास्तविकताबारे जानकारी लिन जुटेको छ ।

शनिबार बिहान ७ बजे अस्पताल परिसरमा कुकुरले बच्चाको शव च्यापेर दौडिरहेको देखेपछि कुरुवा बस्न गएका स्थानीय युवा हरि कंडेलले तस्वीर खिचेका थिए । ‘बिहानै अस्पतालको फार्मेसिमा औषधि लिन गएको थिएँ । एउटा कुकुर बच्चा च्यापेर दौडिरहेको थियो । गार्डले कुकुरबाट छुट्याएर शवलाई कपडाले बेरेर राखे, अनि मान्छेको भीड लाग्यो,’ कँडेलले भने ।

कर्णाली प्रदेश अस्पताल प्रशासनले यो विषयमा छानबिन भइरहेको जानकारी दिबाएको छ ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बच्चाको शव अस्पताल हाताभित्रकै जंगलमा फालिएको र कुकुरले उठाएर हिँडेको हुनसक्ने बताए । ‘यो विषयमा छानबिन भइरहेको छ, बच्चा मरेको जन्मिएको र अस्पतालभित्रकै जंगलमा फालिएको जानकारी पाएका छौं । केहीबेरमा विज्ञप्ति नै निक्लिन्छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि घटनाबारे छानबिन भइहरको बताएको छ । अनलाइनखबर

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार