मुसीकोटबाट संचालित रेडियो सानोभेरी एफ.एम. १५औं वर्षमा प्रवेश

मुसीकोटबाट संचालित रेडियो सानोभेरी एफ.एम. १५औं वर्षमा प्रवेश

मुसीकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाबाट संचालित रेडियो सानोभेरी एफ.एम. आज देखि  १५ औं वर्षमा प्रवेश गरेको छ । सिस्ने बहुउद्देश्यीय जनसेवा केन्द्र रुकुमद्धारा सञ्चालित रेडियो सानोभेरी १४ वर्ष पूरा गरी आजदेखि १५ औं वर्षमा प्रवेश गरेको हो ।

शुक्रबार वार्षिकोत्सवको अवसरमा रेडियोले आम श्रोता, विज्ञापनदाता, संचालक समितिका पदाधिकारी, सदस्य, रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी, पुर्व कर्मचारी एवं पत्रकारहरुका साथै समस्त शुभेच्छुक तथा शुभचिन्तकहरुमा शुभकामना व्यक्त गरेको छ ।

एक प्रेस विज्ञप्ती जारी गर्दै पहिलो संविधानसभा चुनावको मुखैमा अर्थात २०६४ साल चैत्र २५ गते प्रसारण सुरु गरेको रेडियो सानोभेरीले सूचना, सन्देश र विचार प्रवाहको माध्यमबाट संविधान निर्माणसँगै त्यसको कार्यन्वयन र संघीयता संस्थागत गर्ने कार्यमा महत्वपूर्ण योगदान गरेको रेडियोले जनाएको छ ।

संविधानले निर्दिष्ट गरे अनुसार समाजवाद उन्मुख समृद्धिको राष्ट्रिय उद्देश्य परिपूर्तिको लागि आम संचारको माध्यमबाट भुमिका खेलेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार