वडाध्यक्षले फिर्ता गरे सरकारी मोटरसाइकल

वडाध्यक्षले फिर्ता गरे सरकारी मोटरसाइकल

मुसीकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र पुनले पालिकाबाट सुविधा लिएको मोटरसाइकल फिर्ता गर्नुभएको छ ।

वडा कार्यालयको कामकाजका लागि भनी गाउँपालिकाबाट लिएको रा १ ब ८२३ नम्बरको मोटरसाइकल वडा अध्यक्ष पुनले शुक्रबार गाउँपालिकाको जिन्सी शाखामा बुझाउनु भएको छ ।

रुकुम पश्चिममा स्थानीय जनप्रतिनिधिहरुले सरकारी सवारी साधन फिर्ता गरेको यो पहिलो हो । आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि आयोगले आचारसंहिता जारी गरेसँगै चुनाव प्रचार प्रसारमा हिड्नुपर्ने भएकाले मोटरसाइल फिर्ता गरेको वडा अधयक्ष पुनले बताउनुभयो ।

पुन नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार