रुकुम पूर्वको पुथा उत्तरगंगामा नेकपा माओवादीको चुनावी अभियान

रुकुम पूर्वको पुथा उत्तरगंगामा नेकपा माओवादीको चुनावी अभियान

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका नेकपा माओवादी केन्द्रले चुनावी अभियान सुचारू गरेको छ । वैशाख ३० मा हुने स्थानीय निर्वाचन लक्षित चुनावी अभियान सुचारु गरिएको हो ।

चुनावी अभियान पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ कोल देखि चुनावी अभियान सुचारु गरिएको छ । चुनावी अभियानमा र्याली गरि कोल गाउँलेलाई परिक्रमा गरि गाउँको लामो ठारा भनी चिनिने ठाउँमा कोण सभा गरिएको थियो ।

कोलमा भएको कोण सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व आपूर्ति मन्त्री गणेशमान पुन, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व खेलकुद मन्त्री दलजित सिर्पाली, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य तेजबहादुर ओली, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य भिउमान घर्ती, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य महेन्द्र बुढा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओम कुमारी शाही, नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा समिति अध्यक्ष हर्कबहादुर कामी लगायतको उपस्थिति रहेको थियो ।

चुनावी अभियानको कोण सभामा स्थानीय तह निर्वाचनको लागि गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र बाट सिफारिस भएका पुनिराज घर्ती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र सिफारिस भएका भुपेन्द्र बुढाले मन्तव्य मार्फत आफ्ना प्रतिबद्धता प्रस्तुत गर्नुभएको थियो ।

पुथा उत्तरगंगा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष गंगा बहादुर पुनको स्वागत मन्तव्य रहेको कोण सभा कार्यक्रमको अध्यक्ष पुथा उत्तरगंगा १२ नेकपा माओवादी केन्द्र अध्यक्ष तारा प्रसाद रसाइलीको रहेको थियो भने कार्यक्रमको सन्चालन वडा समिति सचिव मन्जित पुनले गर्नु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार