तरुण दलले बनायो ९९ सदस्यीय निर्वाचन परिचालन समिति

तरुण दलले बनायो ९९ सदस्यीय निर्वाचन परिचालन समिति

नेपाली कांग्रेसनिकट युवाको संगठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ९९ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार केन्द्रीय परिचालन समिति गठन गरेको हो । तरुण दल अध्यक्ष विद्वान गुरुङले समितिको सदस्य सचिवको जिम्मेवारी तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई दिइएको जनाएका छन् ।

अध्यक्ष गुरुङले कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

‘यहीं २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टी र गठबन्धन दलहरुको तर्फबाट उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने बिश्वासका साथ स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समितिमा मनोनित गरेको छु,’ उनले भने ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार