सत्ता गठबन्धनको सभा निधिले बहिष्कार गर्ने

सत्ता गठबन्धनको सभा निधिले बहिष्कार गर्ने

सत्तारुढ दलहरूको चुनावी गठबन्धनले आज मधेश प्रदेशको जनकपुरमा आयोजना गर्ने  आम सभा कांग्रेस नेता विमलेन्द्र निधिले बहिष्कार गर्ने भएका छन् ।

गठबन्धनको सभामा केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएको नेता निधिले भने आफू सहभागी नहुने बताएका हुन् । धनुषा निधिको आफ्नै गृहजिल्ला हो ।

जनकपुरमा हुने कार्यक्रम छोडेर नेता निधि धरानको चुनावी  सभामा सहभागी हुन लागेका छन् ।

पार्टीको केन्द्रीय वक्ताको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र महेन्द्र यादवको नाम छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार