मुसिकोट ९ मा कांग्रेस एमालेको चुनावी कार्यक्रम सम्पन्न

मुसिकोट ९ मा कांग्रेस एमालेको चुनावी कार्यक्रम सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन प्यानलको चुनाव प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार विहान चौखावाङमा कांग्रेस एमालेले चुनाव प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेका हुन् ।
नगरप्रमुखका उम्मेदवार नेपाली कांग्रेसका महेन्द्र केसी, उपप्रमुखमा उम्मेदवार नेकपा एमालेका थलबहादुर ओली लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेसको प्रचार प्रसार समितिले जनाएको छ ।

कार्यक्रममा सहभागिहरुले विभिन्न माग र समस्या राखेका थिए । माग तथा समस्या समाधानमा सकारात्मक भएको भन्दै नगरप्रमुखकका उम्मेदवार महेन्द्र केसीले आफूहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।
यस्तै कांग्रेस एमालेले १४ वटै वडामा प्रचार प्रसारलाई तीब्र पारेका छन्  ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार