मतदान सकिए लगत्तै मतगणना गर्ने आयोगको तयारी

मतदान सकिए लगत्तै मतगणना गर्ने आयोगको तयारी

फाईल फोटो ।

निर्वाचन आयोगले शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचन सकिएर मतपेटिका सुरक्षित हिसाबले मतगणना स्थलमा पुगे लगत्तै गणना सुरु गरिने जनाएको छ।

मतदानको एकदिन अघि तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतगणनाको काम तत्कालै सुरु गरिने जानकारी दिएका हुन्।
‘सुरक्षित हिसाबले मतपेटिका गणनास्थलमा पुगिसकेपछि मतगणनाको काम सुरु गरिने छ,’उनले भने,‘त्यस लगत्तै हामीले मतगणना सुरु गरिने छ।’ आयोगले मतदान गर्न वञ्चित नहुन भनेर व्यवस्था गरेको जनाएको छ।
‘आयोगले मतदाता नामावलीमा नाम भएका व्यक्तिहरुको मतदाता परिचय पत्र, नागरिकता, राहदानी, जग्गाधनी प्रमाणपत्रबाट पनि मतदान गर्ने व्यवस्था मिलाएको छ,’ आयोगले भनेको छ,‘स्वच्छता र विश्वसनियतामा कुनै फरक नपर्ने गरेर पूर्ण विश्वस्त हुन आग्रह गर्दछौं।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार