रुकुम (पूर्व) को भूमे ८ मा कांग्रेसका दिनेश रोका विजयी

रुकुम (पूर्व) को भूमे ८ मा कांग्रेसका दिनेश रोका विजयी

रुकुमकोट । रुकुम (पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश रोका विजयी हुनुभएको छ । रोकाले एमाले र माओवादीका उम्मेद्वारलाई पछि पार्दै वडाध्यक्ष पदमा विजयी हासिल गर्नुभएको हो ।

उहाँले ४ सय ७७ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बन्नुभएका कृष्णबहादुर रोकाले ४ सय ६९ मत प्राप्त गर्नुभएको छ भने एमालेबाट उम्मेद्वार बन्नुभएका लालप्रसाद ओलीले १५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै वडा सदस्यमा सबै माओवादी केन्द्रबाट निर्वाचित भएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार