सम्पर्कविहीन विमानको खोजी तीब्र पार्न गृहमन्त्री खाँणको निर्देशन

सम्पर्कविहीन विमानको खोजी तीब्र पार्न गृहमन्त्री खाँणको निर्देशन

 गृहमन्त्री बालकृष्ण खाँणले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान खोजीलाई तीव्र पार्न प्रशासन र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

आइतबार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १०:०७ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार विमान लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिए ।

विमानमा १९ यात्रु र ३ चालक दलको सदस्य रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार