सेरीगाउँमा ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्रको भवन उद्घाटन

सेरीगाउँमा ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्रको भवन उद्घाटन

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ५ सेरीगाउँमा निर्माण गरिएको ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्रको भवन उद्घाटन गरिएको छ ।

आइतबार एक कार्यक्रमका विच उक्त शाखा कार्यालयको भवन मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको ब्रह्माकुमारी यमुनाले जानकारी दिनुभयो ।

भवन उद्घाटन गर्दै नगर प्रमुख केसीले विद्यालयको भौतिक संरचना मात्रै नभएर यसले प्रदान गर्ने सेवाले महत्व राख्ने बताउनुभयो । समाज निर्माण र परिर्वतन गर्नको लागि ब्रह्माकुमारी विश्व विद्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।

भवन उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका उपप्रमुख बिमल कुमार पुन, मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष ज्ञानु चन्द, वडा नम्बर २ का वडा अध्यक्ष दिनेश खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष समिरजंग मल्ल, वडा नम्बर ८ का वडाध्यक्ष जयबहादुर थापा लगायत विभिन्न विद्यालयका प्रध्यानाध्यापक र विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार