कर्णालीमा कांग्रेसले जेठ २९ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने

कर्णालीमा कांग्रेसले जेठ २९ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले जेठ २९ गते वीरेन्द्रनगरमा कर्णालीका आफ्ना उम्मेदवार र जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

बिहिबार बसेको नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको वैठकले कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा अध्यक्ष उपाध्यक्ष, मेयर र उपमेयरमा विजयी भएका जनप्रतिनिधि तथा पराजित भएकालाई समेत राखेर अभिमुखिकरण र प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरिएको नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।

उक्त अभिमुखिकरण कार्यक्रम जिल्ला समन्वय समितिको हलमा बिहान साढे आठ बजे आयोजना गरिएको छ । जनप्रतिनिधिहरुलाई नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रशिक्षित गर्ने जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार