विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रको चुहावट नियन्त्रण अभियान

विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रको चुहावट नियन्त्रण अभियान

मुसिकोट । नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले चुहावट नियन्त्रण अभियानलाई तिब्रता दिएको छ । पछिल्लो समय जिल्लाका ग्रामिण बस्तीहरुमा विद्युत चुहावट बढेपछि यसको नियन्त्रणको लागि अभियान तिब्र रुपमा चलाएको छ ।

जिल्लामा केहि घरधुरिले मिटर नै जडान नगरी चुहावटका आधारमा बत्ति बालेको सुचना प्राप्त भएपछि चुहावट नियन्त्रणको अभियान तिब्र पारिएको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिमका कार्यालय प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो ।

शुक्रबार मात्र बाँफिकोट गाउँपालिकाको वडा नम्बर ७ बास्तोला गाउँमा ३ दर्जन घरले चुहावटका आधारमै बत्ति बालेको सुचना पश्चात चुहावट नियन्त्रणको टोली त्यहाँ खटिएको थियो । बास्तोला गाउँबाट नियन्त्रणको टोलीले विद्युत चुहावट गर्न प्रयोग गरिएका केही थान बासको भाटा र केवल तार जफत गरेको छ ।

यो अभियान जिल्लाका अन्य ठाउँमा पनि सञ्चालन गरिने जनाइएको छ ।

विद्युत चोरी गैरकानुनी कार्य भएकाले र यसरी चुहावट गर्दा करेन्ट लागेर जनधनको समेत क्षति हुने हुनाले कार्यालयमा सम्पर्क राखेर मिटर जडान गरेर मात्र विद्युत प्रयोग गर्न कार्यालय प्रमुख भट्टराईले अनुरोध गर्नुभएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार