जिल्ला अस्पताल सल्लेमा मल्टि चार्जर जडान

जिल्ला अस्पताल सल्लेमा मल्टि चार्जर जडान

मुसिकोट । जिल्ला अस्पताल सल्लेमा नेपाल टेलिकमले मल्टि चार्जर जडान गरेको छ । नेपाल टेलिकमको रुकुम पश्चिम स्थित कार्यालयले अस्पतलामा बुधबार मल्टि चार्जर जडान गरेको हो ।

बिरामी र बिरामीका कुरुवाहरुको सहजताको लागि मल्टि चार्जर जडान गरिएको नेपाल टेलिकम रुकुम पश्चिमका कार्यालय प्रमुख कृष्ण शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालयमै पुगेर निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीलाई मल्टि चार्जर हस्तान्तरण गरिएको हो ।

उहाँका अनुसार अस्पतालमा आउँदा मोबाईल फोनको लागि चार्जरको समस्या हुने र सम्पर्क तथा समन्वयमा समस्या हुने गरेको गुनासो पश्चात टेलिकम कार्यालयको तर्फबाट मल्टि चार्जर उपलब्ध गराईएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार