भाइरल ज्वरो बढेपछि निजी विद्यालय चार दिन बन्द

भाइरल ज्वरो बढेपछि निजी विद्यालय चार दिन बन्द

दाङको घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिनलाई बन्द गरिएको छ ।

पछिल्ला समय भाइरल ज्वरोका विरामी बढ्दै गएपछि घोराही क्षेत्रका निजी तथा आवासीय विद्यालय साउन १० गते मंगलबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरिएको प्याब्सन घोराहीका नगर अध्यक्ष बिरेन्द्र चन्दले जानकारी दिए ।

बढ्दो भाइरल सरुवा रोग विद्यार्थीहरु माझ तीव्र रुपमा फैलने सक्ने जोखिम बढेपछि घोराही प्याव्सन अर्न्तगतका संस्थागत विद्यालयहरु साउन १४ गतेसम्म बिदा गर्न लागिएको उनले बताए । जिल्लामा पछिल्ला महिना भाइरल ज्यारोका विरामी बढ्दै गएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार