माओवादीले टुंग्यायो कर्णालीका उम्मेदवार

माओवादीले टुंग्यायो कर्णालीका उम्मेदवार

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ५ वटा पाएको छ । प्रदेश सभाका २४ सिटमध्ये माओवादीको भागमा ९ सिट परेको छ ।

सिट बाँडफाँड टुंगो लगाएसँगै माओवादी केन्द्रले आफना उम्मेद्वाहरुको समेत टुंगो लगाएको हो ।

प्रतिनिधिसभातर्फ रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्तिबहादुर बस्नेत, कालिकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा कुँवर र हुम्लामा छिरिङ डम्डोल लामा (कार्चेन) लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

त्यस्तै प्रदेशसभातर्फ रुकुम पश्मिको (क) मा महेन्द्र केसी र (ख) तर्फ राजकुमार शर्माले दाबी गरिरहेपनि यहाँ काँग्रेसले समेत दाबी नछाडेका कारण हालसम्म टुंगो लागेको छैन । अहिले दुबै दलका नेताहरुबीच छलफलमा चलिरहेको छ ।

सुर्खेत–१, (ख) मा कृष्णबहादुर जिसी (जितेन्द्र) र २ को (ख) मा बिन्दमान विष्ट उम्मेद्वार बन्ने छन् । दैलेख–२, (ख) मा उपेन्द्रकुमार रावत ‘सुशील’ उम्मेद्वार बन्ने छन् ।

कालिकोटको (क) मा दुर्गा रावत, डोल्पा (ख) मा वीरबहादुर शाही, हुम्ला (क) मा रणसिङ परियार, सल्यान (क) मा भीमप्रकाश शर्मा र मुगुमा (ख) मा मंगल शाहीलाई माओवादीले उम्मेद्वार बनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार