रुकुम पश्चिममा ६७ औं प्रहरी दिवस मनाइयो (तस्बिरहरू)

रुकुम पश्चिममा ६७ औं प्रहरी दिवस मनाइयो (तस्बिरहरू)

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेबाट सम्मान पत्र ग्रहण गर्दै समाजसेवि तथा युुवा व्यवसायी मोहबिर खड्का ।

मुसिकोट । रुकुम पश्चिममा ६७ औं प्रहरी दिवस मनाइएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको आयोजनामा विभिन्न कार्यक्रम गरेर प्रहरी दिवस मनाइएको हो ।

प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्ला प्रहरी कार्यालय परिषरमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । सो पश्चात उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश प्रहरी निरीक्षक राजिव श्रेष्ठले वाचन गर्नुभएको थियो ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी, अमर प्रहरी परिवार, जग्गादाता, पूर्व प्रहरी कर्मचारी र समाजसेविलाई सम्मान गरिएको छ ।

यस्तै दिवसको अवसरमा संचालित विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा नरसिंह दल गण सल्लेका गणपति प्रमुख सेनानी प्रमोद शर्मा, सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक गोबिन्द बहादुर केसी, अनुसन्धान प्रमुख होमराज रेग्मी, जिल्ला स्थित विभिन्न कार्यालय प्रमुख, पत्रकार, अमर प्रहरीका परिवारजनहरु, पूर्व प्रहरी कर्मचारीहरु, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रहरी निरीक्षक राजिव श्रेष्ठले गर्नुभएको थियो ।

तस्बिरहरू :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार