बार्षिकोत्सवको अबसरमा बिरामीलाई फलफूल वितरण

बार्षिकोत्सवको अबसरमा बिरामीलाई फलफूल वितरण

मुसिकोट । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुसिकोट शाखा रुकुम पश्चिमले बिरामीहरुलाई फलफूल वितरण गरेको छ । आज कम्पनीको ५ औँ बार्षिकोत्सवको अबसरमा जिल्ला अस्पताल सल्लेमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

कम्पनीका शाखा प्रबन्धक कर्मा खड्का गौतमका अनुसार अस्पतालमा भर्ना भएका ४० जना बिरामीहरुलाई फलफूल वितरण गरेर बार्षिकोत्सव मनाईएको हो । फलफूल वितरणसँगै बिरामीहरुको स्वास्थ्य लाभको कामना गरिएको उहाँले बताउनुभयोे ।

फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पताल सल्लेका स्वास्थ्य सेवा व्यवस्थापक डा शुसिल पोखरेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारी, एजेन्सी मेनेजरहरु, सामाजिक अगुवाहरु लगायतको सहभागिता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार