महत गाउँमा गोरु जुधाई प्रतियोगिता

महत गाउँमा गोरु जुधाई प्रतियोगिता

रुकुुमकोट । रुकुम पूर्वको महत गाउँमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ। जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा हरेक वर्षको लक्ष्मी पूजाको अवसरमा उक्त प्रतियोगिता सञ्चालन गरिन्छ।

गाउँ खरदारी समितिको आयोजनमा सञ्चालन गरिएको गोरु जुधाई प्रतियोगितामा स्थानीय मनकुमार बुढाको गोरु प्रथम भएको आयोजक समितिका अध्यक्ष दलराज बुढाले जानकारी दिनुभयो। प्रतियोगितामा राज बुढाको गोरु द्वितीय र कमल बुढाको गोरु तृतीय भएका छन्।

गाउँका बलिया गोरुको छनोट गरेर यो प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा ८ वटा गोरुबीच प्रतिस्पर्धा गराइएको अध्यक्ष बुढाले बताउनुभयो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल गोरुका मालिकलाई ४५ सय, ३५ सय र २६ सय रुपियाँ नगद पुरस्कार प्रदान गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो।

वर्षाको सिजनमा लेक तिर उकालिएका गोरुलाई दशैं तिहारमा गाउँतिर झार्ने र वर्षायाममा कसले गोरुको राम्रो रेखदेख गर्‍यो भनेर थाहा पाउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्ने चलन रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार