भेरी नदीमा डुबेका साथी बचाउन गएका एक युुवक बेपत्ता

भेरी नदीमा डुबेका साथी बचाउन गएका एक युुवक बेपत्ता

जाजरकोट सदरमुकाम नजिकै भेरी नदीको किनारमा पिकनिक खान गएका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ।

एक जना बेपत्ता भएका छन् भने भेरी डुबेका एक जनालाई जीवितै उद्धार गरिएको छ। भेरी नगरपालिका-४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

भेरी नगरपालिका-३ का २६ वर्षीय बिक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन्। नदीमा डुबेका विरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ।

उनका साथीहरूले उद्धार गरेका हुन्। रोशन र विरेन्द्र डुबेपछि साथीहरूलाई बचाउन गएका बिक्रान्त बेपत्ता भएका छन्।
बेपत्ताको खोजी कार्य भइहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए।

नदी पारी रहेको डेथबडी निकाल्ने कार्य र बेपत्ताको खोजी कार्य भइहेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए।

तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरूले मंगलबार भेरी नगरपालिका-११ मटेलास्थित भेरी नदी किनारामा पिकनिकको आयोजना गरेका थिए।

पिकनिक गएका युवाहरू नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। नदीमा डुबेका र बेपत्ताको खाजी तथा उद्धारका लागि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी अन्जन श्रेष्ठले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार