अर्थमन्त्री शर्माद्वारा चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक

अर्थमन्त्री शर्माद्वारा चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक

रुकुम पश्चिममा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गरिएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिको लागि गठबन्धन’ नारासहित उनीहरूले अपिल तथा प्रतिबद्धता सार्वजनिक गरिएको हो।

प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा उम्मेदवार रहनुभएको छ भने प्रदेशसभा ‘क’ मा महेन्द्र केसी र प्रदेशसभा ‘ख’ मा राजकुमार शर्मा उम्मेदवार हुनुहुन्छ ।

प्रतिबद्धता पत्रमा जनादेशलाई नै जिम्मेवारी ठानिने उल्लेख गरिएको छ । शनिबार मुसिकोटमा चुनावी  प्रतिबद्धता-पत्र सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री शर्माले आगामी पाँच वर्षका लागि जनादेश प्राप्त हुने आसन्न निर्वाचन स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वभिमानका दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले स्वतन्त्र न्यायपालिका, नागरिक र मौलिक अधिकार, लोकतन्त्र, समानुपातिक समावेशिता, पूर्ण प्रेस स्वतन्त्रता, कानुनी राज्य र विधिको शासनलाई प्राथमिकतामा राखिएको जनाउनुभयो ।

शर्माले सामाजिक–आर्थिक रूपान्तरणको आधार निर्माण, उच्च आर्थिक विकास, उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण र भ्रष्टाचारको छानबिन एवम् कारबाहीका लागि अग्रसरता लिन प्रतिबद्ध भएको बताउनुभयो ।

यस्तो छ प्रतिबद्धता :

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार