अर्थमन्त्री शर्माद्वारा मतदान

अर्थमन्त्री शर्माद्वारा मतदान

मुसिकोट । प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् अर्थमन्त्री जनार्दन शर्माले मतदान गर्नुभएको छ ।

माओवादी नेता समेत रहनुभएका शर्माले मुसीकोट नगरपालिका ५ सेरीगाउँस्थित यमुनानन्द नमूना माविमा रहेको क मतदानकेन्द्रबाट मतदान गर्नुभएको हो ।
शर्माले मतदान केन्द्रमा पहिलो मत खसाल्नुभएको मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिनुभयो ।

मतदान पश्चात शर्माले सबैलाई ढुक्क भएर सहि तरिकाले मतदान गर्न आह्वान गर्नुभयो । माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री शर्मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार