रुकुम पश्चिममा क्रियापुत्रीद्वारा मतदान

रुकुम पश्चिममा क्रियापुत्रीद्वारा मतदान

मुसिकोट । रुकुम पश्चिममा एक जना क्रियापुत्रीले मतदान गरेका छन् ।

जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ९ का कर्णबहादुर सिंहले कालिका माध्यमिक विद्यालय सुन्दरपानी मतदान स्थलमा पुगेर मतदान गरेका हुन । सिंह आफ्ना बुवाको क्रिया बसेका थिए ।

समाजमा किरिया बसेको बेला दोस्रो व्यक्तिलाई छुन नहुने परम्परागत चलन छ । ‘गाउँघरमा मृत्युसंस्कारमा मान्दै आएको पुरानो चलनलाई हामीजस्तै सचेत मानिसले विस्तारै परिवर्तन गर्नुपर्छ,’ भोट हालेर बाहिरिएपछि कर्ण बहादुरले भने ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार