रुकुम पश्चिम समानुपातिक ‘अपडेट’ : माओवादी पहिलो, एमाले दोस्रो, काँग्रेस तेस्रो

रुकुम पश्चिम समानुपातिक ‘अपडेट’ : माओवादी पहिलो, एमाले दोस्रो, काँग्रेस तेस्रो

मुसिकोट । रुकुम पश्चिममा मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधीसभातर्फ समानुपातिकमा नेकपा माओवादी केन्द्रको मत सबै भन्दा बढी छ ।

१७ हजार १९८ मत गणना हुँदा नेकपा माओवादी केन्द्रको दश हजार १२१ मत रहेको छ । त्यस्तै दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेले दुई हजार ९७३ मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली काँग्रेसले दुई हजार ६१५, राष्ट्रिय स्वतन्त्र पार्टी ४५१, एकिकृत समाजवादी ३९१, राप्रपा २७०, राष्ट्रिय जनमोर्चा ३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा तर्फ पनि समानुपातिकमा नेकपा माओवादी केन्द्रको नै सबैभन्दा बढी मत छ । नेकपा माओवादी केन्द्रको ९ हजार ९८६ नेकपा एमालेको २ हजार ८९९, नेपाली काग्रेसको २ हजार ७३२, एकिकृत समाजवादीको ७८१ र राप्रपाको ३४१ र राष्ट्रिय जनमोर्चाको १० मत रहेको छ । अहिले पनि मत गणना जारी रहेको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार