सुर्खेत १ मा कांग्रेसका पूर्णबहादुर खड्का विजयी

सुर्खेत १ मा कांग्रेसका पूर्णबहादुर खड्का विजयी

प्रतिनिधि सभा सदस्य सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्का ११ हजार ६ सय १९ मतान्तरसहित विजयी हुनुभयाे ।

सुर्खेत १ मा पूर्णबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीलाई पराजित गर्दै विजयी हुनुभएको हो । कांग्रेसका खड्काले ४२ हजार ६ सय ७ र एमालेका शाहीले ३० हजार ९ सय ८८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहम्मद हसरत अलीले ८ सय ९७ मत प्राप्त गर्नुभएकाे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार