कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

तालिममा सहजीकरण गर्दै भूमे गाउँपालिका रूकुम पूर्वका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ ।

मकवानपुर थाहा नगरपालिकाका कर्मचारीहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । थाहा नगरपालिकाको आयोजनामा भएको तालिममा  नगरकार्यपालिकाको कार्यालय अन्तर्गतका महाशाखा तथा शाखा प्रमुखहरु र वडा सचिवहरुको सहभागिता रहेको थियो ।

पालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवाप्रवाहलाई प्रभावकारी बनाउने र योजना कार्यान्वयनमा गुणस्तरीयता ल्याउने सीप तथा अभिलेख व्यवस्थापनलगायतको विषयमा केन्द्रित गरी तालिम संचालन गरिएको थियो । तालिमका सहभागीहरुलाई कम्प्युटरको आधारभूत जानकारी, प्रस्तुतीकरण निर्माण, इमेल इन्टरनेटको प्रयोगको विषयमा थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, सूचना प्रविधि अधिकृत भगिरथ कार्की, एमआइएस अपरेटर लक्ष्मण कण्डेलले सहजीकरण गर्नुभएको थियो।

त्यसैगरी व्याकरण शुद्धाशुद्धीको विषयमा शिक्षा शाखाका शाखा अधिकृत माधवविक्रम मल्ल, आर्थिक प्रशासन तथा खरिद कानूनको विषयमा लेखम अधिकृत हरि बहादुर खपाङ्गी, निर्णय निर्माण तथा स्थानीय तहमा सेवा प्रवाहको सवालहरुको विषयमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले सहजीकरण गर्नुभएको थियो ।

तालिमका सहभागीहरुले कार्यालय व्यवस्थापन र सरकारी कार्यालयहरुमा ‘डिजिटल प्लेटफार्म’ को विषयमा भूमे गाउँपालिका रूकुम पूर्वका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले सहजीकरण गर्नुभयो । कार्यक्रममा सहभागीहरुले दैनिक कार्यालय संचालन र सेवा प्रवाहका लागि तालिमले सजिलो बनाएको प्रतिक्रिया दिए । तालिम ‘कन्टेण्ट’ अनुसार अवधि कम भएकोले यसलाई वृहत्त रुपमा संचालन गर्नुपर्ने सहभागीहरुको भनाइ थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार