सिस्ने ५ का १३५ जनालाई फाइबर सिरक वितरण

सिस्ने ५ का १३५ जनालाई फाइबर सिरक वितरण

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ ले वडाका नागरिकलाई फाईबर सिरक वितरण गरेको छ । आज एक कार्यक्रमका बीच वडाका १३५ जना नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।

वडाका ज्येष्ठ नागरिक, अपांग र गरिब परिवारलाई फाइबर सिरक गरिएको वडा अध्यक्ष बिरेन्द्र बस्नेतले जानकारी दिनुभयो । दिनप्रतिदिन बढिरहेको जाडोबाट बचाउन वडाका नागरिकलाई सोमबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि न्यानो कपड़ा वितरण गरिएको हो ।

चालु आर्थिक बर्षको बार्षिक स्विकृत कार्यक्रमबाट लक्षित वर्गलाई सिरक वितरण गरिएको हो । वडाका २३० जनालाई फाईबर सिरक वितरण गर्न वडाले ५ लाख रकम विनियोजन गरेको थियो । तर उक्त रकम अपुग हुने देखिएको छ ।

वडा अध्यक्ष बस्नेतले भन्नुभयो सबै लाभग्राहिको विवरण संकलन गर्दा २५५ पुग्ने देखिएको छ । सोमबार टाकुरा, बाहुनथाना, दाङचा, चिउरेनी र मारिपाखा बस्तीका १३५ जनालाई सिरक बितरण गरिएको छ । बाँकी रहेका रुमालबारा, ह्याप्ला, सिमलबोट र चोताबारिका नागरिकलाई मंगलबार वितरण गरिने वडाले जनाएको छ ।

हरेक वर्ष चिसोको समयमा चिसोबाट बचाउनका लागि वडाका ज्येष्ठ नागरिक, अपांग र विपन्न परिवारलाई न्यायो कपडा कम्बल वितरण गर्दै आएको वडा अध्यक्ष बस्नेतको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार